एउटा सभ्य समाजमा चोरी वा अपराधको घटनाको त कल्पना समेत गर्न सकिन्न । जहाँ श्रम गरेर जिविका चलाउनुपर्छ भन्ने सोच हुन्छ । जहाँ इमान र धर्मको कुरा आउछ त्यहाँ अपराध कमै हुन्छन् तर धर्मशास्त्रमा भनिए झैं सायद यस्तो जमाना परापूर्वकाल वा सत्य युगमा थियो होला तर आजको युगमा भने मानिस सामान्य बिषयमा पनि झगडा गरेर मानिसको ज्यान समेत लिने गरेको घटनाहरु समाजमा देखिन्छन् । यस्तो अवस्थामा पकेट मार्नु त सामान्य घटना जस्तै लाग्ला ?एकजना सामान्य नागरिकहरुको खल्ली वा पकेटबाट केही सामान चोरी हुनु त निकै गम्भीर र आश्चार्यको रुपमा लिइन्छ भने मुख्यमन्त्री जस्ता व्यक्तिको पकेटबाट कसरी रकम चोरी भयो भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । किन भने यो घटनाले सभ्य समाजमाथि प्रश्न त तेर्साएको छ नै साथमा सुरक्षा संवेदनशीलतामाथि पनि प्रश्न खडा गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पटकपटक पकेटमारी भएको घटना सार्वजनिक भएपछि यो प्रश्न सतहमा आएको हो । मुख्यमन्त्री यादवले हिजो जनकपुरमा आयोजना गरिएको एक कार्यक्रममा आफू पकेटमारबाट पीडित भएको गुनासो गरेका थिए ।मुख्यमन्त्री जहाँ गएपनि उनी एक्लै हुने छैनन् । जस्तै भीडभाड भएपनि उनी एक्लै हुने छैनन् । उनलाई त सुरक्षागार्ड नै दिइएको छ । पछिपछि सुरक्षागार्ड रहेकै यस्तो अवस्थामा उनको खल्तीको रकम कसरी चोरी भयो भन्ने कुरा निकै गम्भीर छ । पचार हजार पैसा उनले किन साथमा लिएका थिए यो एउटा प्रश्न रह्यो भने अर्को त्यत्ति धेरै पैसा चोरी उनको पकेटबाट कसरी भयो अर्को अनुत्तरित कुरा हो यो ।

Leave a Reply