जियालाल चौधरी

कोल्हबी,बाराको कोल्हबी नगरपालिकाका ग्रासरुट फुटबल खेलाडीहरुलाई फुटबल खेलका तालिम सामग्री एवम् शैक्षिक सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा न.१ मा ग्रासरुछ फुटबल खेलाडीहरुलाई सोमबार एक समारोहका बीच श्री अनुपदिपनी माध्यामिक विद्यालयको प्राङ्गणमामा सो सामग्री वितरण गरिएको हो ।ग्रासरुट फुटबलका अध्यक्ष अनुठा चौधरीको अध्यक्षता र जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष खुसी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर २ का वडा सचिव दिपलाल चौधरी,जोखु साह कानु, धर्मेन्द्र चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।सामाजिक अभियन्ता हिरालाल चौधरीको सहयोगमा उक्त कार्यक्रममा ३१ जना बच्चाहरुलाई जर्सी, फुटबल, बुट, खेलका तालिम सामग्री र शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता चौधरीले कार्यक्रमको मुख्य उद्देश्य आगामी दिनमा कोल्हबी नगरपालिकामा राम्रा खेलाडीहरु उत्पादन गर्ने र अहिलेबाटै कुलतमा फस्न लागेका र कुलतमा फसेका बालबालिका र किशोरहरुलाई त्यसबाट बचाउन हो ।सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरुको पढाइमा लाग्ने खर्च क्लब गठन गरेर तिर्ने, हरेक महिना बालबालिकाहरुलाई कापी, कलममा लाग्ने खर्च दिइने, हरेक ग्रासरुट फुटबल खेलाडीहरुको बैङ्क खाता खोलिने र आफ्नो महिनाको तलबको ५ देखि ७ प्रतिशत रकम हरेक खेलाडीको खातामा प्रतेक महिना जम्मा गरिदिने र यसको साथै हरेक वर्षमा मौसम अनुसार ३ जोर पोशाक दिइने उहाँले घोषणा गर्नुभयो ।उक्त ग्रासरुट फुटबल खेलाडीहरुलाई खेल सामग्री एवम् शैक्षिक सामग्री वितरण कार्यक्रममा अरुण चौधरी, राकेश चौधरी र स्थानीय भद्रभलादमी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply