नेपालमा केही निकै बर्ष पहिलो पर्सा वन्य जन्तु आरक्ष क्षेत्र वा अन्य निकुञ्जहरु राजामहाराजाहरुको शिकार खेल्ने स्थल थियो । उनीहरुले आफूलाई मन पर्ने जनावरहरु मार्ने गर्दथे र खाने गर्दथे तर अहिले त्यो ब्यवस्था नेपालमा छैन । अब कुनैपनि बन्यजन्तु मारेको खण्डमा सजयँ हुने कुरा कानुनमा उल्लेख छ । कानुनमा ब्यवस्था भए पनि अझै यो प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिदैन ।
बाराको पथलैया क्षेत्र आरक्षभित्र नै पर्ने स्थान हो । यो स्थानमा दैनिक वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गर्दछन् । ती मध्येको एक बाँदर पनि हो । बाँदरलाई पूर्खाको रुपमा समेत हामीले लिने गर्दछौं । । ब्यख्या नै त्यसरी भएको छ । यो सडक राजमार्ग पनि हो । त्यसैले जंगल जनावरका कारण पनि सवारी दुर्घटना हुने गर्दछ तर यसो भन्दैमा उनीहरुलाई मार्न पाइदैन ।
बाँदर नियन्त्रणको प्रयास भन्दा बाँदरको ब्यवस्थापनका लागि ख्याल गर्न आवश्यक छ । बाँदरको ब्यवस्थान नहुँदा नै पथलैया क्षेत्रमा बाँदर आतंक बढेको देखिएको हो। बाँदर हिँड्ने स्थतानमा घर बन्न थालेपछि बाँदर घरतिर पनि केन्द्रित भएको हो । त्यसो त बाँदरको जात नै छुद्र हुने भएकाले उनीहरुको उदण्ड सहन गाहे पर्छ नै तर यसको नियन्त्रण होइन ब्यवस्थापन आवश्यक छ ।