निजगढ,पटकपटक आयोजना गरिएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेपछि निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका अभिभावकहरुले तत्काल समिति गठनको माग गर्दै निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धिताललाई सोमवार ध्यानाकषर्ण पत्र बुझाएका छन ।
विद्यालयमा राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीले व्यवस्थापन समिति गठन हुन नसकेको भन्दै अभिभावक रामहरी खरेलले प्रुमख प्रशासकीय अधिकृत धिताललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । खरेलले शिक्षा नियमावलीको आधारमा विशुद्ध अभिभावकहरुको मात्रै भेला गराएर समिति गठन हुनुपर्ने र समिति गठनमा सहमति हुन नसके प्रतक्ष निर्वाचनमार्फत चयन गरिनु पर्नेे बताउनुभएको छ ।व्यवस्थापन समितिका सदस्य चयन गर्ने बारेमा स्थानीय राजनीतिक दल समर्थित अभिभावकहरु बीच सहमति हुन नसक्दा लामो समयदेखि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । नेकपा एमाले र नेपाली कांग्रेश समर्थिक अभिभावकहरुले अध्यक्ष पदमा दाबी गरेपछि समिति गठनमा सहमति हुन नसकेको हो । सहमतिमा समिति गठन गर्न भनेर पछिल्लो एक महिनायता विद्यालयले १० पटकसम्म अभिभावक भेला आयोजना गरिसकेको भए पनि समिति भने अझै गठन हुन सकेको छैन ।