काठमाडौं,पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको वीरगन्ज कृषि औजार कारखानाले उत्पादन सुरु गरेको छ ।कारखाना संचालनमा ल्याउने काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले पुरानै मेसिनबाट कृषि औजारको उत्पादन सुरु गरेका हुन ।भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । केही दिनदेखि नियमित गरिएको परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु बनेको केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो ।उहाँका अनुसार ८,१० थानका दरले ती उपकरणहरु उत्पादन भएका हुन् । यो उत्पादनको अर्थ कृषि सामग्री कम्पनी सञ्चालन गर्न सकिने र यसबाट कृषिका लागि चाहिने आधारभूत कृषि औजार निर्माण गर्न सकिने देखिएको पुनले बताउनुभयो । उहाँकाअनुसार अहिले केन्द्रमा १२ जना प्राविधिकले दैनिक काम गरिरहेका छन् ।३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहीअनुसार ११ असोज, २०७९ मा सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा अर्थ मन्त्रालय र केन्द्रबीच सम्झौता भएको थियो ।अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रलाई कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी छ । केन्द्रका अनुसार सरकारले अहिले दिने भनेको २० करोड रुपैयाँ भने अहिलेसम्म पाएको छैन । सरकार र मन्त्रीहरु फेरिएको. र आफूहरुले पनि थप फ्लोअप गर्न नपाएको पुनले बताउनुभयो ।

Leave a Reply