बाराको सिमरामा रहेको जगदम्बा स्टील मुलुकको ठूलो फलाम उधोग हो । उसले उत्पादन गर्ने फलामजन्य बस्तुहरु बिभिन्न जिल्ला जाने गर्दछ । जगदम्बा स्टीलमा नेपाल मात्रै नभइ भारतीय दक्ष कामजारहर पनि रहेका छन् । उनीहरुकै मेहनतका आधारमा पनि फलामजन्य बस्तुहरुको उत्पादन हुने गर्दछ । नेपाली कामदारहरु पनि उक्त कम्पनीमा कार्यरत छन् र भारतीय पनि छन् ।
भारतीय कामदारहरुले पछिल्लो पटक दुईजनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर उनीहरुले ज्यान गुमाएको उधोग प्रशासनको दाबी छ । यद्यपी यो नै पहिलो घटना भने जगदम्बा उधोगमा भएको होइन । यसअघि पनि यस्ता घटना त्यहाँ घटेका छन् र नागरिकहरुले ज्यान पनि गुमाएका छन् । अखिर किन यस्ता घटना दोहोरिरहन्छन् जगदम्बा उधोगमा ?
यसको बिषयमा उधोग प्रशासनले समीक्षा गरोस् भन्ने सबैको चाहना हो । पछिल्लो पटक घटेको घटना नै अब अन्तिम बनोस् । जगदम्बा स्टीलले यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सर्तकता र सावधानी सहित नीति बनाउन आवश्यक छ । उसले क्षति बापत आर्थिक सहयोग त देला तैपनि यो नै पीडित परिवारका लागि भने खुसीको कुरा हुन सक्दैन । त्यसैले पनि अब यस्ता घटना नदोहोरियोस् यसमा सचेत बन्न आवश्यक छ ।