मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रङ्गणलाई व्यवसायीले ट्यांकर पार्किङ्ग स्थल बनाएपछि विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुदैआएको छ ।स्थानीय व्यवसायीहरुले पेट्रोलियम पदार्थ ढुवानी गर्ने आफ्ना निजी ट्यांकरहरु विद्यालय परिसरमा पार्किङ्ग गर्दैआएकाले विद्यार्थीको पठन पाठन र खेलकुद गतिविधि प्रभावित बन्दै आएको विद्यालयका शिक्षक÷ विद्यार्थी अभिभावकहरुले जनाएका छन । उनीहरुका अनुसार गाउँका केही व्यवसायीहरुले विगत लामो समयदेखि विद्यालयको खुल्ला चौरमा दैनिक ७-८ वटासम्म ट्यांकर राख्दैआएका हुन ।
विद्यालयका प्रधानाध्यापक रामनरेश यादवका अनुसार विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरेर ट्यांकर नराख्न व्यवसायीहरुसंग आग्रह गरेको भएपनि उनीहरुले अटेर गर्दै पार्किङ्ग गर्दैआएका हुन । “हामीले बारम्बार सूचना निकालेर हटाउन भनेका छौँ, तर व्यवसायीहरुले अहिलसम्म टेरेका छैनन ।” प्रअ यादवले भन्नुभयो । उहाँका अनुसार व्यवसायीहरुले लामो समयदेखि टयांकर पार्किङ्ग गर्दैआएका छन ।द्यिार्थीहरूले पनि विद्यालय चौरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर पार्किङ्गले खेलकुद र अन्य अतिरिक्त क्रियाकलको अभ्यास गर्न निकै समस्या भएको गुनासो गरेका छन् । उनीहरूले ट्यांकरले चौर ढाकिएको हुँदा पिटी तथा खेलकुद क्रियाकलाप गर्न नसकिएको बताएका छन ।विद्यालयका एक अभिभावकले पनि विद्यालय प्राङ्गणमा ट्यांकर राख्नु गलत भएको बताउँदै विद्यालय हातालाई सुरक्षित र खेलकुदमैत्री बनाइदिन आग्रह गरेका छन । “स्कुलको चौरमा ट्यांकर राख्ने पार्क होइन, गाउँबाहिर तोकिएको स्थानमा राखिनुपर्छ,” एक अभिभावकले भनेका छन ।

















