कानुन व्यवसायी भनेको वकिलहरु हुन् । वकिल भनेको अदालतमा पक्ष र विपक्षमा बहस गर्ने व्यक्तिहरु भए । सकेसम्म कोही पनि मानिस अदालतमा जान पर्ने अवस्था नै नआउनु नै राम्रो हो किनभने अदालत भनेको त्यसै पनि एउटा झन्झटको स्थान हो । यो कुरा केही घटनाक्रमहरुले पनि पुष्टि गर्दछ ।

मुद्दा मामिला भनेको राम्रो पक्ष हुदै होइन तैपनि मानिस बाध्य भएर अदालतको ढोकामा जानुपर्दछ । गलत नगरे पनि जान पर्ने हुनसक्छ गलत गरे त कुरै भएन ।यसैपनि जान पर्छ नै ।वकिल कति बेला कहाँ कसलाई काम लाग्छ यसै भन्न पनि सकिन्न । वकिलले क्षणभरमा कसैको पक्षमा बहस गरिरहेका हुन्छन् भने क्षणभरमा विपक्षमा पनि बहस गर्लान् त्यो उनीहरुको पेसा हो । उनीहरुले यही कर्म गरेर खाने पेसा भएकाले अब वकिलहरुले भन्ने वा बहस गर्ने कुरामा कति सत्यता होला त्यसको त फरक तरिकाबाट फेरि व्याख्या होला नै तर आफ्नो पक्षमा बहस कसैले गरेन भनेर कानुन व्यवसायीमाथि आक्रमण गर्नु चाही जायज होइन ।
सबैले आआफ्नो पेसा गरेर बाच्न पाउनुपर्दछ । बुुधवार काठमाडौंमा एकजना कानुन व्यवसायीले कुटाइ खान परेको भनेर पीडितले नै बताएको कुरा आएको छ । सामाजिक संजालमा पनि आक्रमणको प्रयास भएको देखिन्छ । जसले जुन स्वार्थ लिएर भएपनि कानुन व्यवसायीमाथि आक्रमण नगरौं । अनि कानुन व्यवसायीहरु पनि बहस बाहेककाअन्य सवालमा प्रवभग्राही नबनौं ।

















