सिकेन्द्र पासवान

बारा १३ बैसाख,आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित जमुनिया खेल मैदानमा जारी प्रथम मेयर फुटवल नक आउट फुटवल प्रतियोगिताको फाईनल खेलमा चन्द्र सुर्य यूवा क्लव अरेमवा बिजयी भएको छ । सिहासनि यूवा क्लवलाई हराउदै अरेमवा प्रथम पुरुस्कार ३० हजार नगद सहित ट्रफी प्राप्त गर्न सफल भएको थियो । निर्धाति खेल अवधीमा दुवै तर्फबाट गोल हुन नसक्दा पेनाल्टीमा एकको बिरोध ३ गोलले अरेमवा बिजयी भएको थियो । सिहासनिले ४ पल्ट अवशर पाउदा एक गोल मात्र गर्न सफल भएको थियो अरेमवा ४ पल्टको अवश्रमा ४ वटा गोल हानेर बिजयी भएको हो । चिउटाहाँ क्लवको आयोजना र आर्दश कोतवाल गाँउपालिकाको आर्थिक सहयोगमा बैसाख ६ गते देखि सो प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।दोस्रो भएको सिहासनि यूवा क्लवले रु २९ हजार सहित ट्रफी प्राप्त गरेका थिए । खेलको मैन अफदी म्याच अरेमवाका गोलकिपर हिराशंकर चौधरी भएका हुन । प्रथम र दोस्रो बिजेताहरुलाई आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले प्रमाणपत्र सहित नगर र ट्रफी प्रदान गरेका थिए । सो अवशरमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुनिल कुसवाहा, वडा नम्बर ८ का हरिनारयण प्रसाद कुसवाहा, नेपाल पत्रकार महासंघका उपाअध्यक्ष रामबाबु मेहता, बादल एफएमका संचालक नुरआलम बादशाह, समाजसेवी हरिन्द्र यादव लगायतकाले आफनो बिचार ब्यतm गर्दै बिजेता र उपबिजेता टिमलाई बधाई ज्ञापन गरेका थिए ।

Leave a Reply