कलैया,कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेशकुमार सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै निजी तथा आवासीय विद्यालयका दुई संगठनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् ।जिल्ला प्रशासन कार्यालय बारामार्फत गृह मन्त्रालयलाई बुधवार ज्ञापन बुझाउदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) बारा र निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाराले संयुक्तरुपमा आठ दिने विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुझाइएको ज्ञापनपत्रमा दुवै संगठनले सर्राफ हत्या प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।एनव्याब्सन बाराका अध्यक्ष प्रभुलालप्रसाद कुशवाहा र प्याब्सन बाराका कार्यवाहक अध्यक्ष चुमनबाबु केवटद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बारा प्रहरीले सर्राफ हत्या प्रकरणमा गरेको अनुसन्धान एक प्रतिशत मात्रै पुरा भएको दावी गरिएको छ । उनीहरुले हत्यामा संलग्न दोषी पक्राउ नपरेसम्म आन्दोलन गर्ने भन्दै मंसिर २७ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।त्यसैगरी सार्वजनिक गरिएको विरोधको कार्यक्रमअनुसार मंसिर २१ गते बिहीवार कलैयामा मैनबत्ती जुलुस गरिएको छ भने शुक्रवार ¥याली र कोणसभा, २३ गते दुई घण्टा यातायात र बजार बन्द, २४ गते चार घण्टा यातायात बन्द, २५ गतेदेखि जिल्लाभरिका विद्यालय अनिश्चितकालिन बन्द, २६ गतेदेखि प्रदेशभरीका विद्यालय अनिश्चितकालिन बन्द गर्ने रहेको छ ।यता प्रहरीले भने सर्राफ हत्या प्रकरणका सम्बन्धमा कार्तिक १५ गते पत्रकार सम्मेलन गरी पाँच जनालाई सार्वजनिक गरेको थियो । प्रहरीले कलैया उपमहानगरपालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनवकुमार सिंहलाई सार्वजनिक गर्दै अन्य फरार रहेको बताएको थियो । निजी विद्यालयका दुई संगठनले भने रुपेशको हत्यामा संलग्न हत्यारा अझै नसमातिएको दावी गरेका छन । उनीहरुले हत्यारालाई पक्राउ गर्न र निर्दोशलाई रिहा गर्न माग पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here