कलैया,जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणको सख्या बढिरहेको रहेको बेला बारा सदरमुकाम कलैयामा रहेको एक मात्र पिसिआर मेसिन भने अझै पनि सन्चालनमा आउन सकेको छैन । प्रदेश २ सरकारले जनशक्ति उपलब्ध नगराएकै कारण पिसिआर मेसिन सन्चालन हुन नसकेको हो । जिल्लाका १६ वटा स्थानीय तहको आर्थिक लगानीमा करिब ६ महिना अघि खरिद गरिएको पीसीआर मेसिन थन्किएको अवस्थामा छ । करिब ८५ लाखमा खरिद गरिएको पिसिआर मेसिन, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा मेसिन खरिद गरिएको हो ।
एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जिल्लाका अधिकांश स्थानीय तहको सहयोगमा खरिद गरिएको हो । हाल कलैया अस्पतालमा पिसिआर मेसिन सन्चालनको लागि तयारी अवस्थामा रहेको र जनशक्ति आउने बितिकै संचालन गर्ने तयार रुपमा राखिएको माइक्रोबायोलजी प्रविधिक सुशिल कुमारले बताउनुभयो । यता बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पिसिआर मेसिन सन्चालनको लागि प्रदेश सरकारसंग जनशक्ति माग गरेका बताउनुभयो । उहाँले प्रदेश सरकारले जनशक्ति उपलब्ध गराएमा मेसिन चाडै नै संचालनमा आउने बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा शुन्य रहेको सन्क्रमितको संख्या चैत ६ गते यता १५० भन्दा बढी रहेका छन् । अधिकांस संक्रमित भारतबाट आएको पाइएको छ । शुन्य संक्रमित भएको जिल्लामा अहिले बढेर १५० बढी पुगिसकेको भएपनि तयारी अवस्थामा रहेको पिसिआर मेसिन संन्चालन नहुदाँँ सर्वसाधारणलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पुगेर परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।