अलिक वर्ष अगाडिसम्म एसएलसी नामले चिनिएको एसइइ परीक्षाको यस वर्षको परीक्षाफल बिहीवार सार्वजनिक भएको छ । यस वर्षको एसइइको परीक्षाको नतिजा निकै राम्रो भएको सरकारी अधिकारीहरुले बताएका छन् । एसइइ खासमा कक्षा दश पास गरेपछि दिइने परीक्षा हो नै ।केही वर्षअगाडि एसइइ एक हाउगुुजी नै थियो र कत्तिको यही एसएलसीका कारण पनि ज्यान गएको छ । यसलाई सामाजिक प्रतिष्ठाको विषय बनाइदा र पास तथा फेलको व्यवस्थाले बालबालिकाहरुमा निकै नराम्रो असर पर्ने गरेकाले पनि यो निकै घातक थियो ।अहिले परीक्षा प्रणालीमा फेरबदल आएको छ तर अब यो एसइइ केका लागि भन्ने प्रश्न उब्जिएको छ । अझै पनि एसइइको बाहनमा विद्यार्थीमाथि अनावश्यक पढाइको भार थोपर्ने प्रयास गरिदैन ।कक्षा दश पास गरेपनि किन फेरि अर्को परीक्षा लिएर विद्यार्थीहरुलाई अनावश्यक बोझ दिने ? बरु कक्षा १२ को परीक्षालाई अलि व्यवस्थित भने बनाउन सकिन्छ ।यो बीचमा सरकारले एसइइ खारेज गर्ने प्रयास पनि गरेको थियो तर यो वर्षसम्म त सरकारले सार्वजनिक गरेन अब अघिल्ला वर्षहरुमा विद्यार्थीलाई यो पढाइसहित आर्थिक भार समेत थोपर्ने काम नगरौं । यो परीक्षाको अब कुनै अर्थ छैन । यसले विद्यार्थीहरुलाई बोझ र अभिभावकहरुलाई तनाब भन्दा अरु केही दिने देखिदैन । त्यसैले पनि अब यो अर्थहिन भइसकेको एसइइ परीक्षा चलाइराख्नुको अर्थ छैन ।

Leave a Reply