आजको सूर्योदयसँगै नयाँ वर्षको आवागमन भएको छ । नयाँ वर्ष २०८३ साल नेपालीहरुको घर आँगनमा भिएको छ र नयाँ आशा लिएर यो नयाँ वर्ष नेपालीहरुको घर आँगनमा भित्रिएको छ । नयाँ वर्षले नयाँ उमंग लिएर नेपालीहरुको घर आँगनमा आएको छ ।
नयाँ सरकार अनि नयाँ बर्षले उमंग छाउने बिश्वास नेपालीहरुले लिएका छन् । वर्तमान बालेन शाह नेतृत्वको सरकारले अब देशका लागि केही दिनु पर्ने र गर्नुपर्ने पनि समय आएको छ । यो समय भनेको वर्ष २०८३ नै हो । त्यसो त बालेन सरकार पाँच वर्षका लागि बनेको हो, २०८३ सालमा नै सबै कुरा त नहोला ।

तर पनि वर्ष २०८३ सालमा नेपालीहरुले वर्तमान सरकारबाट धेरै आश गर्ने नै छन् । सर्वाधिक मत दिएर जनताले पठाएपछि जनताले केही आशा अपेक्षा गर्नु पनि जायज नै हो नै तर सबै कुरा फेरि यही वर्षमा संभव नहोला तर जनतालाई केही दिन भने आवश्यक छ ।
नागरिकहरुका लागि राहत आवश्यक छ । जसरी सरकारमा रहेकाहरुको सम्पत्ति विवरण हेर्दा धनी देखिएका छन्, त्यसरी नै नागरिकहरुलाई पनि धनी बनाउनु पर्दछ । जसरी प्रधानमन्त्री र मन्त्री धनी छन्, त्यसरी नै जनतालाई पनि धनी बनाउन जरुरी छ ।
यस्तो नीति वर्तमान सरकारले बनाउनु पर्दछ । अघिल्लो वर्ष अथवा २०८२ साल नेपालीहरुका लागि सुखद रहेन । देशमा ठूलो राजनीतिक परिवर्तन भयो । राजनीतिक रुपमा उथलपथल नै भयो । एउटा सरकार गएर दुई वटा सरकार यो सालमा बन्यो । आन्दोलनका क्रममा धेरै जनधनको क्षति भयो । जनधनको क्षति हुदा देशका लागि पनि घाटा भयो । जे भएपनि २०८२ साल देशका लागि फाइदाजनक भएन र अब यो बर्ष ०८३ नेपालीहरुका लागि सुखद रहोस्, नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply