कलैया,बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना पोजेटिभ ५ जना बालबालिकाहरुलाई पोषणयुक्त सामग्रीहरु बिहिवार तिरण गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष कैमोदिन अंसारी र संचारकर्मी दिभाकर भण्डारी लगायतले कोरोना पोजेटिभ बालबालिकाहरुका अभिभावकहरुलाई च्यवन प्रास १ किलो, रियल जुस १ किलो, होर्लिस ५०० ग्राम, सातु १ किलो, काजु २ प्याकेट, काबली बेदाम २ प्याकेट लगायतका सामग्रीहरु वितरण गर्नुभएको हो ।
राहत सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइन नं. १०९८ बारा वितरण गरेको हो । लेल्पलाईनले कोरोना पोजेटिभ भएका अतिगरिब परिवारका ५ जना बालबालिकाहरुलाई राहत स्वरुप सामग्री सहयोग गरेको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताउनुभयो । राहत सामग्री पितरण कार्यक्रममा संरक्षण नेपालका अध्यक्ष कुशवाहा, जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत जितन ठाकुर, संचारकर्मी दिभाकर भण्डारी लगायतका उपस्थिति रहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले जानकारी गरनउनुभयो ।