खासगरी बारा सहित चितवन र तनहुँका नागरिकहरुका लागि आज फेरि एक अवसर मिलेको छ । बारा २, चितवन २ र तनहुँ १ मा आज फेरि करिब पाँच महिनाको अन्तरालमा निर्वाचन हुदैछ । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा बिविध कारणले फेरि यी तीन स्थानमा मतदान हुन लागेको हो । आज बिहान ७ बजेबाट यी स्थानहरुमा पुनः मतदान हुदैछ ।यो भनेको एक बर्षकै अवधिमा यहाँका मतदाताले दोश्रो पटक आफ्नो जनप्रतिनिधि मतदानमार्फत चयन गर्ने मौका पाएका छन् । बारा २ का नागरिकरुले यसअघि जिताएका व्यक्ति उपराष्ट्रपति बनेका कारण यहाँ फेरि निर्वाचन हुन लागेको हो । यो अर्थमा पनि बारा २ का नागरिकहरुले पनि एक पटक फेरि विवेक प्रयोग गर्ने बेला आएको छ । चितवनमा भने उही उम्मेदवार मैदानमा छन् ।अन्य पार्टीका त फरक होलान् तर मंसिर ४ मा जो विजयी भएका थिए । उनलाई फेरि त्यहाँका मतदाताले मतदान गर्नुपर्नेछ । बारा र तनहुँमा फेरि नयाँ अनुहार परेका छन् भने चितवनमा अन्य नयाँ भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रबि लामिछने भने पुराना र बिजयी उम्मेदवार पनि हुन् ।यो अर्थमा अब बारा सहितका यी तीनै स्थानका मतदाताहरुले विवेश प्रयोग गर्नुपर्ने देखिन्छ र आज प्रयोग गरेको विवेकले अब पाँच वर्ष काम गर्ने नै हो । त्यसैले मतदाताहरुले यो विषयमा ख्याल गर्न आवश्यक छ ।
















