चार वर्ष अगाडि नेपालमा कम्यूनिष्टबीच कार्यगत एकता भएर संसदीय निर्वाचनमा भाग लिएका थिए । तत्कालिन एमाले र माओवादीकाबीचमा सहकार्य भएर बनेको सरकारले ५ वर्षका लागि शासन गर्न पाउने ढुक्क व्यवस्था थियो । फरक यत्ति थियो कि प्रधानमंत्रीमा पात्र परिवर्तन हुन सक्छन् तर जनताले भने नहोस् भन्ने नै चाहेका थिए । समय परिवर्तन हुँदै गर्दा ५ वर्षको कार्यकाल सकिनै गर्दा लगभग दुई तिहाइको सरकार सोमबार बैशाख २७ गते आउँदा नराम्रोसंग धरापमा परेको छ । प्रधानमंत्रीले आफूले चाहेको बिश्वासको मतमा उनी नराम्रोसंग असफल भएका छन् । धेरै कम मत उनले ल्याएका छन् र उनीलाई उनकै आफ्नो भनिएका वा एमालेकै सांसदहरुले मत दिएनन् ।

सत्य कुरा के हो भने स्थिरता नेपाली जनताले चाहेकोहो तर स्थिरताको नाममा जभाथवी गर्ने छुट कसैलाई पनि छैन । ओलीका बिरुद्धमा ठूला संघर्ष पनि यो देशमा भए । ओलीले आफ्नैलाई सिध्याउनका लागि सकेसम्म गरे । त्यसैपनि अब सोमबारको मतले ओलीको अवसान कानुनतः गरिदिएको छ । तैपनि उनले अझै थप कदम चाल्ने सक्ने पनि छन् तर सबै कदम गलत हुनेछ र कम्यूनिष्टको दुई तिहाइको सरकारको बर्गिहमन दुखद अन्त्य नै हो ।

Leave a Reply