कलैया,प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।तनहुँ क्षेत्र नं। १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।उता,चितवन २ मा नेपाली काँग्रेसले रबिका बिरुद्ध उजुरी गरेकाले अहिले ८ बजे सर्वदलीय बैठक बसेर मत गणना गर्ने तयारी छ भने बारा २ मा अहिले सर्वदलीय बैठक जारी छ ।

Leave a Reply