राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौंबाट तराई मधेश जोड्ने फाष्ट ट्याक अथवा दु्रतमार्ग निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन सकेको छैन । शुरुमा निजी क्षेत्रलाई जिम्मा दिइएको भएपनि ठेकेदार कम्पनीको बद्मासी र सरकारकै नालायकीपनका कारण लामो समय यो मार्गको काम नै शुरु हुन सकेन । करिब ६ वर्षदेखि मात्रै यसको निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले जिम्मा लिएसंगै यो मार्गको निर्माण कार्यले गति लिने बिश्वास गरिएको थियो ।तर, नेपाली सेनाले जिम्मा लिए पनि काम भने तीव्र गतिमा हुन सकेको छैन । सेनाले त सरकारकै कमजोरीका कारण काम छिटो नभएको बताउँदै आएको छ । यही पेरिफेरिमा प्रधानमन्त्री प्रचण्डले मंगलबार मात्रै यसको निर्माणको अवस्थाका बिषयमा जानकारी लिएका छन् । उनले द्रुतमार्ग निर्माणको अवस्थाका बिषयमा जानकारी लिएपनि काम भने प्रभावकारी नभएको सेनाका सामुन्ने भन्न सकेनन् ।खासगरी ललितपुरको खोकनामा भएको विवाद समाधान हुन नसक्दा पनि यो बाटोले निर्माणमा गति लिन नसकेको हो । अब यो मार्गको निर्माणको विषयमा राज्यका सबै शक्ति एकीकृत रुपमा परिचालन गर्न आवश्यक छ र यो देशको स्वार्थसंग जोडिएको कुरा पनि हो ।यो मार्ग निर्माणले जति गति लियो, उत्ति फाइदा हुने निश्चित भएकाले अब सरकारले यो मार्ग छिटो बनाउनका लागि पहल गर्नुपर्दछ ।

Leave a Reply