नरेश गुप्ता
बरियापुर – अबैध  लागु औषध गांजा सहित बारा प्रहरीले  एक जना महिलालाई नियन्त्रणमा  लिएको छ ।  जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना निवासी अलक बहादुर तमाङ्ग्को घरमा लुकाइ छिपाई राखेको अवस्थामा लागू औषध गांजा १ किलो ५०० ग्राम बरामद भएको जिल्ला  प्रहरी  कार्यालय बाराले जनाएको छ ।
बिशेष सूचनाको अधारमा ईलाका प्रहरी  कार्यालय सिमराबाट खटेको टोलिले  तमाङ्गको घरबाट प्लास्टिकको झोलामा लुकाईएको अवस्थामा अबैध  गांजा बरामद  गरिएको थियो ।  प्रहरीले  तमाङ्गको ४८  बर्षिय श्रीमती कुमारी तमाङ्गलाई प्रहरीले  नियन्त्रणमा  लिइ आवश्यक  अनुसन्धानको लागि ईलाका प्रहरी  कार्यालय सिमरा बारामा राखिएको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताए ।

Leave a Reply