नेपाल कृषि प्रधान देश हो । यहाँका अझै पनि ७० प्रतिशत भन्दा बढी नागरिकहरु कृषिमा नै आश्रित छन् । कृषि प्रधान देशका नागरिकहरु कृषिका लागि आवश्यक पर्ने सामग्रीहरुको बिषयमा अनविज्ञ हुनु परेको छ । कृषि र कृषकहरुका लागि आवश्यक पर्ने मल अझै पनि उपलब्ध गराउन सकिएको छैन । अहिले धानबालीको लागि मल आवश्यक पर्ने समय हो ।

मल चाहिने समयमा अहिले कृषकहरु अन्यौलमा परेका छन् । मलका लागि सरकारी कार्यालय र सहकारीमा धाउन कृषकहरु बाध्य छन् । कृषकहरुको पीडाको बिषयमा तीनै तहका सरकारहरुले खासै चासो देखाएको पाइदैन । अहिले तीनै तहका सरकारहरु भएपनि नागरिकहरुले मलका लागि हारगुहार गर्नु आफैमा पीडाको कुरा हो ।

पीडा कृषकहरुलाई भएप्नि सरकारहरु चुप लागेका छन् । यो मलको समस्या पहिलो होइन बरु अन्तिम होस् भन्नेतर्फ सोच बनाउन आवश्यक देखिन्छ । मलमा भएको छलको बिषयमा तीनै तहका सरकारले स्पष्ट नीति बनाउन आवश्यक छ । किसानले भनेको समयमा मल नपाएपछि उत्पादनमा गिरावट आउने निश्चित छ । कृषि उत्पादन बढाएर मुलुकलाई आत्मानिर्भर र सवृद्धिको यात्रामा अघि बढाउने हो भने सबैले यतातिर ध्यान दिन आवश्यक छ ।

Leave a Reply