कलैया,
बाराको बारागढी गाउँपालिकाको खोपवामा वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा शुक्रवार निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रगत दान गरेका थिए ।
यस्तै निःशुल्क स्वास्थ्य शिविरमा २ सय ६३ जनाको स्वास्थ्य परीक्षण पनि गरिएको छ । शिविरमा नेशनल मेकिडल कलेजका वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. सन्तोष झासहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेशचन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रजकिशोर चौधरी, म्याट्रोन विकासकुमार र ब्लड बैंकका कार्यक्रम संयोजक विनेश चौधरीलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै गाउँपालिकाको तर्फबाट गाँउपालिकाको अध्यक्ष अशोककुमार जयसवाल, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरी, प्रसुती केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।
स्वास्थ्य शिविरको आयोजना गरेर पालिकाका नागरिकको स्वास्थ्य प्रबद्र्धन गर्न सहयोग गरेकोभन्दै बारागढी गाउँपालिकाका अध्यक्ष जयसवालले नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इसरात जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै चिकित्सक र पदाधिकारी टोलीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।



















