नेपालमा कुनै समय मृत्युदण्डको सजायको समेत व्यवस्था थियो । जतिबेला मृत्युदण्डको सजायको ब्यवस्था थियो, त्यत्तिबेला शासकहरुले आफु बिरुद्ध लागेहरुलाई हत्या गर्नका लागि यो कानुन लक्षित गरेको थियो ।समय फेरियो अनि कानुन पनि फेरियो । अहिले नेपालमा मृृत्युदण्डको ब्यवस्था त छैन तर सजाय मिनाहा गर्ने परिपाटी चैं छ । मानिस राम्रो काम गरेर जेल पर्ने कुरै आउदैन । एकाध घटना बाहेक कुनै न कुनै अपराधमा संलग्न व्यक्ति नै जेल जाने हो ।तर, नेपालमा पछिल्ला दिनमा भने गज्जबको परिपाटीको विकास भएको छ । सरकारले आफ्ना कार्यकर्ताहरु जेलमा परे भने वा कुनै कुनै घटनामा चैं गम्भीर अपराधमा संलग्न अपराधीहरुलाई पनि माफी दिने परिपाटीको विकास भएको देखिन्छ । पछिल्लो समय यस्तै भएको छ । राष्ट्रपतिले एक गम्भीर अपराधमा संलग्नलाई आम माफी दिएपछि त्यो पीडित परिवार झनै पीडामा परेको छ ।माफीको नियम नै नेपालको सन्दर्भमा गलत छ । जथाभावी जसलाई पनि माफी दिने चलन नेपालमा बसेको छ । अपराधमा संलग्नलाई माफी त दिने कुरै हुदैन । सजाय त कडा हुनुपर्नेमा झन् माफीको व्यवस्था भयो भने त यसले कानुनी शासनको खिल्ली नै उडाउने हो ।त्यसैले सरकारले आम माफीका सवालमा लिएको नीति एकदमै गलत छ यो सच्चाउन आवश्यक छ । हालै रिगल भनिने गुण्डा नाइनेका सवालमा भएको गम्भीर त्रुटी पनि सच्चाउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here