कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको वनशक्ति प्राथमिक विद्यालयमा शनिवार एलाइट युथ सोसाइटी र सम्वृद्ध नेपालको संयुक्त आयोजनामा विद्यालय रङरोगन, खेलकुद सामग्री, एलिएडी टिभी लगायतका शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको प्रमुख आतिथ्य तथा सम्वृद्ध नेपालका अध्यक्ष आइएस गुप्ताको सभापतित्वमा भएको सो कार्यक्रममा जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो, वडा अध्यक्ष महादेव महतो , समाजिक अभियन्ता सरोज चौरसिया, विद्यालयका प्राधानाध्यापक रन्जिता कुमारी लगायत स्थानीय भद्रभलादमी, सन्चारकर्मीको उपस्थित रहेको थियो ।

विद्यालयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा विद्यालय रङ रोगन कार्य सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here