जीतपुर,बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले परवानिपुरमा नमुना क्रिकेट मैदान गरिने बताउनुभएको छ ।मंगलवार परवानीपुर गाउँपालिका– १ बुनियादमा आयोजित प्रथम अध्यक्ष क्रिकेट टुर्नामेन्टको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्यका लागि खेलकुद, मानव जीवनका लागि अपिहार्य रहेकाले यसमा सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको थियो ।खेलको माध्यमले देशलाई विदेशी राष्ट्रमा चिनाउने खेलाडीको सम्मान राज्यबाट नहुनु दुःखद कुरा भएको उहाँको भनाई थियो । परवानीपुर गाउँपालिकाले पालिकाभित्रका खेलाडीहरुलाई प्रोत्सहान र संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने समेत उहाँले बताउनुभयो ।

Leave a Reply