वीरगञ्ज, देशभर जारी एसइई परीक्षाअन्तर्गत आइतवार सप्तरी जिल्लामा ७१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादा विपरीत कार्य गरेको आरोपमा विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतवारको परीक्षा रद्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिनुभयो ।
राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८ जना, राजदेवी मावि परीक्षा केन्द्रबाट १२ जना, पवि माविबाट १० जना, केअ माविबाट ७ जना, नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको मण्डलले बताउनुभयो ।
परीक्षा मर्यादा र आचारसंहिता विपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय एकाइले जनाएको छ ।
यस्तै परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा राजविराजस्थित केअ मावि परीक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगीलाई निष्कासन गरिएको छ ।

Leave a Reply