निजगढ,डिभिजन वन कार्यालय बाराका प्रमुख एंवंव डिएफओ विनोद सिंहले निजगढमा निर्माण हुन लागेको सबडिभिजन वन कार्यालय भवनको बुधवार शिल्यान्यास गर्नुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा निर्माण हुन लागेको भवनको एक कार्यक्रमबीच डिएफओ सिंहले शिल्यान्यास गर्नुभएको हो ।करिव ३० लाखको लागतमा निर्माण हुने सो भवन आगामी असार मसान्तभित्रमा पुरा हुने सबडिभिजन वन कार्यालय निजगढका प्रमुख एंव वन अधिकृत रघुनाथ दासले जानकारी दिनुभयो ।

Leave a Reply