सिमरा,मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट डिजेल आयात गर्दा ढुवानी खर्च बापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत भएको हो । पेट्रोलियम पाइपलाइनले डिजेलको आपूर्ति व्यवस्थापन मात्र नभएर ठूलो रकम खर्च हुनबाट जोगिएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । पाइपलाइनले अर्बौं रुपैयाँ जोगिएको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । उहाँले ढुवानी, तापक्रम तथा प्राविधिक नोक्सानी बापत तिर्नुपर्ने रकम जोगिएको जानकारी दिनुहुँदै पाइपलाइनले डिजेल आपूर्तिमा निकै सहज भएको बताउनुभयो । आयल निगमले २०७६ भदौ २४ गतेबाट पाइपमार्फत डिजेल ल्याउन सुरु गरेको थियो । परियोजना ४ अर्ब ४० करोड रुपैयाँ लागतमा बनाइएको हो । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो भने १ अर्ब २० करोड रुपैयाँ नेपालले लगानी गरेको हो । यो परियोजना आइओसीले निर्माण गरेको हो ।

Leave a Reply