सिकिन्दर साह
सिम्रौनगढ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा २ मा सत्तारुढ दलबाट गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गनुभएको छ ।जसपाका अध्यक्षसमेत रहेका यादवलाई कलैयामा बिहीवार भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गर्नुभएको छ ।सिम्रौनगढमा पार्टी निकट किसान महासंघको समापन कार्यक्रममा सहभागी बनेर काठमाण्डौं फर्किन क्रममा अध्यक्ष नोपालले कलैयाको एक होटलमा अध्यक्ष यादवसंग भेटगर्नुभएको थियो । भेटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताउनुभयो ।सो अवसरमा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गर्नुभएको थियो ।यसैबीच पचरौता नगरपालिकामा पार्टी कार्यकर्ताको भेलामा बोल्दै गठबन्धनका उमेदवार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई जिताउनको लागि आग्रह गर्नुभएको छ ।जिल्लाको आर्थिक उन्नति तथा स्वास्थ, शिक्षा क्षेत्रको थप सुधार गर्न र संघीयतालाई जोगाउन अध्यक्ष यादवको प्रतिनिधि सभामा उपस्थिति अपरिहार्य हरेको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाललाई पचरौता नगरपालिका पूर्वनगर प्रमुख रमेशकुमार यादव तथा वडा अध्यक्ष मखबुल मियाँ अन्सारी, जसपाका कार्यक्रर्ता देवनाथ सहनी, भोला साहलगायतले अध्यक्ष नेपाललाई खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।



















