वीरगञ्ज,पर्सामा एकजना महिलाको शव बरामद भएको छ । जिल्लाको छिपहरमाई गाउँपालिकामा एकजना विवाहित महिलाको शव बरामद भएको हो ।छिपहरमाई गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै घरमा २५ वर्षीया एक विवाहित महिला मृत भेटिएको प्रहरीले जनाएको छ । घरमा झुण्डिएको अवस्थामा उनको शव बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
मृतकको पहिचान खुलेको छैन । घटनास्थलमा पोखरियाको प्रहरी टोली पुगेको र मृतकको शवको मुचुलका तयार गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

















