बसन्त लामा
सिंगौल,निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्था लिमिटेडको र सामुदायिक आँखा अस्पताल हेटौडाको आयोजनामा निजगढ नगरपालिका वडा नम्बर ३ स्थित लालीगुरास आधारभूत विद्यालयको प्रांगणमा एकदिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।शुक्रवार बिहान ९ बजेबाट दिउसो २ बजेसम्म भएको सो शिविरमा निजगढ वडा नम्बर १, २ र ३ का १ सय ५४ जना स्थानीयले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराएका मध्ये ७ जनामा मोतिया बिन्दु फेला परेको आयोजकले बताएको छ ।मोतिया बिन्दु भएका बिरामीको निजगढस्थित तिलगंगा आँखा अस्पतालमा आइतवार आखाँको निशुल्क शल्यक्रिया गरिने बताइएको छ । शल्यक्रियाको लागि आउने बिरामीलाई आउने÷जाने गाडीको व्यवस्था आयोजकले नै गर्ने पनि बताइएको छ ।



















