कलैया,बारामा स्थगित नेपाली कांग्रेसको निर्वाचन यहि फागुन २५ गते हुने भएको छ । आइतबार बेलुकी सभापती पदका उम्मेदवारहरु र निर्वाचन समितिबीच भएको बैठकमा शनिवार स्थगित भएको निर्वाचन फागुन २५ गते बुधबार गर्ने निर्णय गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभयो ।

फागुन २५ गते कलैयाको सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय परिसरमा बिहान ७ बजेदेखि मतदान गर्ने निर्णय भएको उप्रेतीले जानकारी दिनुभयो । यसअघि शनिवार राति मतदान भइरहेको बेला फर्जी मतपत्र खसेको पाइएपछि विवाद हुँदा निर्वाचन नै रद्द गरि स्थगित गरिएको थियो ।

काँग्रेस बाराको नेतृत्वका लागि सभापती पदमा ३ जना नेताको प्रतिस्पर्धा छ । नेता शम्भुबहादुर बुढाथोकी, राजेशराय यादव र रामानन्द यादवले आआफनो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पार्टी संस्थापन पक्षबाट बुढाथोकी र राजेशराय प्रतिस्पर्धामा छन् भने शेखर कोइराला र कृष्ण सिटौला पक्षबाट रामानन्द प्रतिस्पर्धामा छन । सभापतीसहित ७ पदाधिकारी सहित ८० पदका लागि २ सय २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट गरि कुल मतदाता २ हजार ४ सय ८१ जना छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here