आरके राजन

सिम्रौनगढ,अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको विस्तारित बैठक सिम्रौनगढमा सुरु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वास्थित श्री जनता माध्यमिक विद्यालयमा बुधबारदेखि बैठक सुरु भएको हो ।तीन दिनसम्म चल्ने विस्तारिक बैठकको पहिलो दिन अखिल नेपाल किसान महासघको घटकहरु पशुपालन किसान, महिला किसान, युवा किसान, खाद्यबाली किसान, माछापालक किसान, तरकारी उत्पादन किसान लगायतको पुर्नगठन गरिनेछ ।दोश्रो दिन नेकपा एकीकृत समाजवादीको राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालद्वारा सम्बोधन र तेश्रो दिन एक समारोहबीच बैठक सम्पन्न हुने अखिल नेपाल किसान महासघको मशेध प्रदेश अध्यक्ष बतहु यादवले जानकारी दिनुभयो ।अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको आयोजनामा सञ्चालन भइरहेको विस्तारित बैठकमा नेपालको ७७ जिल्लाबाट ४०० जना प्रतिनिधिहरु सहभागी रहेको आयोजक सदस्य रामदीनेश प्रसाद यादवले जानकारी दिनुभयो ।यसैबीच सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटामा बुधबार वाईसीएअल नेपालको भेला सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अनिल श्रेष्ठको प्रमुख आतिथ्य र वाईसीएल बाराका अध्यक्ष शुभनरायण पटेलको विशिष्ट आतिथ्य भएको भेलाको अध्यक्षता गुडु अन्सारीले गर्नुभएको थियो ।भेलाले ३१ सदस्यीय वाईसीएल वडा कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सिकिन्द्र यादव, उपाध्यक्षमा ललन यादव, सचिव ईर्शाद हवारी, कोषाध्यक्षमा धर्मेन्द्र पासवान रहनु भएको छ । सदस्यमा साह महमद, सुनिता देबी, मुमिता कुमारी यादव ,शनि कुमार लालबाबु यादव लगायत हुनुहुन्छ ।सो अवसर मा नेकपा माओवादी केन्द्र सिम्रौनगढ नगर कमिटी अध्यक्ष श्यामकिशोर प्रसाद यादव, वाईसीएल क्षेत्र नं. १ ख का इन्चार्ज संजय यादव, नेता जयप्रकाश यादवलगायत स्थानीय कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply