जियालाल चौधरी

कोल्हवी – बाराको कोल्हवी नगरपालिकामा अवस्थित जनशक्ति क्लब कोल्हवी, समाज बिकास युवा क्लब कुमरगढी, सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हबी गोल्ड कपको चौथो दिन बुधबार मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर र गोल्डेन स्टार दुहबी सुनसरी बिच भिडन्त भएको खेलमा २ को बिरुद्ध ४ गोलले गोल्डेन स्टार दुहबी सुनसरीले सानदार जित हासिल गरेको छ ।

 

 

 

गोल्डेन स्टार दुहबी सुनसरीका जर्सी नम्बर १६ का कबिन्द्र चौधरीले खेलको पहिलो हाल्फको ९ औं मिनेट जादै पहिलो गोल गरि खाता खोलेका थिए । भने जर्सी नम्बर ९ का करन चौधरीले खेलको पहिलो हाल्फको २५ औं मिनेट जादै दोश्रो गोल थपेका थिए। त्यस्तै जर्सी नम्बर १६ कै कबिन्द्र चौधरीले खेलको दोश्रो हाल्फको १८ औं मिनेट जाँदै तेस्रो गोल गरेका थिए भने । फेरी नम्बर १६ कै कबिन्द्र चौधरीले खेलको दोश्रो हाल्फको २४ औ मिनेट जादै चौथो गोल थपी आफ्नो टिमलाई २ को विरुद्ध ४ गोलले बिजय घोषित गराएको छ ।

 

 

 

 

 

 

गोल्डेन स्टार दुहबी सुन्सरीका जर्सी न.१६ का कबिन्द्र चौधरीलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो । उक्त खेल अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको छ र साथै बिहिवार हुने पहिलो सेमिफाइनल खेलमा बारा ११ र बैङ्खरी एकेडेमी महोत्तरी बिच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जन्शक्ति क्लब कोल्हवीका सचीव लक्ष्मीनारायण चौधरीले जानकारी दिए । 

Leave a Reply