जीतपुर,जीतपुरसिमराका स्वास्थ्यकर्मीहरुले कार्यपालिकाको निर्णय नमान्ने बताएका छन् । आफुहरुको सुझाव र सल्लाहा बिना बनेको स्वास्थ्यकर्मी, कर्मचारी तेरिज कार्यपालिकाले निर्णय गरे पनि आफुहरु नमान्ने बताएका हुन । नगरप्रमुख राजन पौडेल समक्ष ज्ञापनपत्र दिदै स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन ।
नगरप्रमुख पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्न कार्यपालिकाले ऐन कानुन निर्माण गर्ने कार्यपालिकाको अधिकार भएको बताउदै कर्मचारीका कुनै पेशागत समस्या भए व्यक्तिगतरुपमा आउनु पर्ने बताउनुभयो ।स्वास्थ्य संस्था बन्द गर्दै जनतालाई सेवा दिनेभन्दा अराजकता निम्त्याउन स्वास्थ्यकर्मीहरु लागि परेको उहाँले बताउनुभयो । कर्मचारी कसैले उचालेका भरमा हिड्ने हो भने राजनितीमा आउन आग्रह गर्नुभयो ।सबैको सरसल्लाहमा निति निर्माण र कर्मचारी व्यवस्थापन भईरहेको अवस्थामा स्वास्थ्य कार्यालय बन्द गरेर आन्दोलनमा कार्यालय कुस्ती खेल्न आए जसरी आउनु सरासर गलत भएको नगरप्रमुख पौडेलले बताउनु भएको छ ।
















