गत मंसिर ४ गते सम्पन्न आम चुनावमा भाग लिन पाउने नेपालीहरु यसै पनि महत्वपूर्ण थिए । तर, मंसिर ४ मा सम्पन्न भएको चुनाव सकिएको करिब ६ महिनामा फेरि केही स्थानका नागरिकहरुले मतदान गर्न पाउने भएका छन् । यसलाई अवसर भने पनि जे भने पनि नागरिकहरुको सहभागिता निर्वाचनमा पक्कै हुनेछ । यसरी दोहोर्याएर मत दिनेमा बारा २ का नागरिकहरु पनि परेका छन् । मतदाता तहमा निर्वाचनको रांैनक कम भए पनि नेतामा भने बढेको छ ।बारा २ मा उपेन्द्र यादवको उम्मेदवारी परेपछि एकखालको रौनकता बढेको हो । किनभने उपेन्द्र सप्तरीमा भने मंसिर ४ को निर्वाचनमा पराजित भएका थिए । एक स्थानमा पराजित भएका ब्यक्तिलाई कुनै पनि बाहानामा अर्को स्थानमा उठाएर जिताउन खोज्नु भनेको चैं लोकतन्त्रको उपहास हो । उनका बिषयमा मतादाताले कस्तो विवेक प्रयोग गर्नेछन् त्यसका लागि त फेरि बैशाख १० पछिको समय नै कुर्नु पर्नेछ । अघिल्लो निर्वाचनमा पराजित भएर बारा २ मा चुनाव लडन आउनेमा यादव मात्रै एक्ला होइनन । काठमाण्डौं क्षेत्र नम्बर १ बाट पराजित रमेश खरेल पनि क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन । त्यसो त निर्वाचनमा मतदाताहरुले प्रयोग गर्ने विवेकले पनि नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । त्यसैले पनि मतदाता भनेको निर्णायक हुन्छन् हरेक कुरामा । यस्तो विषयमा मतदाताहरु यसै पनि सचेत हुन जरुरी छ । तैपनि बैशाख १० नजिकिदै गर्दा नेता तहमा देखिएको उत्साह भने रोचक छ ।

















