विदुर खडका
डुमरवाना,बारा जिल्लाको उत्तरी भेगको चारकोसे झाडीसंग जोडिएका बस्तिहरुमा स्थानीय बासिन्दा जंगली बादरको आतङ्क खेप्न बाध्य भएका छन । स्थानीयले करेसाबारीमा लगाएको बालीनाली र तरकारी खाएर नष्ट पारेको मात्रै होइन बादरले गाउँका बालबालिकालाई पनि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन । बादर आतङ्कबाट सबैभन्दा बढी यस क्षेत्रका बालबालिका प्रभावित बनेका छन ।
बालबालिकालाई देख्ने बित्तिकै झम्टने र टोक्न आउने गरेपछि अभिभावकहरुको चिन्ता बढेको हो । बादर आतङ्कले गर्दा बालबालिकामा मानसिक असर पर्न थालेको अभिभावकहरुले बताएका छन । बादर आक्रमणबाट जोगाउन अभिभावकले लठ्ठीको साहरा लिन बाध्य भएको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ नरबस्तिका सुरज पकवालले बताउनुभयो । बादर आतङ्कको कारण वस्तिका प्रतेक घर ढोकामा लठ्ठी तयार पारेर राख्ने गरिएको अभिभावकको निगरानीमा मात्रै बालबालिकालाई घर बाहिर निकाल्ने गरेको उहाँले बताउनुभयो ।
पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट आउने बाघ, भालु, हात्ति र निलगाई जस्ता जनाबरले बाली खाएर आजित हुदै आएका यस क्षेत्रका बासिन्दा हिजोआज फेरि बादर आतङ्गबाट थप समस्यामा परेको वडा सदस्य धनबहादुर श्रेष्ठले बताउनुभयो ।