कृष्णमोहन साह
सेढवा,सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ब्रोइल कुखुरा बरामद गरेको छ । पर्साको जगरनाथपुर गाँउपालिकाबाट सशस्त्र प्रहरीले सोमवार बिहान भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ४५ किलोग्राम बराबरको १५ वटा ब्रोइलर कुखुरा बरामद गरेको हो ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारी गुठीको प्रहरी नायब निरीक्षक रामशरण सिलवालको नेतृत्वको टोलीले जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपुरवाबाट सो परिमाणमा ब्रोइल कुखुरा बरामद गरेको हो । बरामत गरिएको कुखुरालाई स्थानीय जनप्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको रोहबरमा बोर्डर आउट पोस्ट पिडारी गुठीको कम्पाउण्डमा पुरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सुमन थपालियाले जानकारी दिनुभयो ।
















