नेपालमा यो वा त्यसको नाउँमा पटक पटक आन्दोलन हुने गरेको छ । यतिमात्रै होइन,यो देशमा हिंसात्मक आन्दोलन पनि भएका छन् । कुरै गर्ने हो भने नेपालमा पत्रकारिता क्षेत्रको उदय भएसँगै पत्रकार र संचार क्षेत्रमाथिको आक्रमण भएको देखिन्छ ।पंचायत कालमा महेन्द्रले पनि प्रेसमाथि आक्रमण गरेको इतिहाँस छ । बहुदलीय व्यवस्थाको स्थापनापछि पनि नेपालमा प्रेस जगतमाथि श्रृखलाबद्ध रुपमा आक्रमण भएका छन् । लोकतन्त्र स्थापनापछि त झनै कुरा नगरौं ।
माओवादीको युद्धका ताका राज्य र विद्रोहीमाथि पत्रकार असुरक्षित बनेका मात्रै थिएनन्, धेरैजनाको ज्यान समेत गएको इतिहाँस छ । लोकतन्त्र स्थापनापछि त देशमा प्रेस जगत सुुरक्षित होला भनेको झनै असुरक्षित देखिएको छ । पत्रकार र संचार क्षेत्रमाथिको आक्रमणको जति निन्दा गरेपनि कमै हुन्छ । हुँदाहुँदै पछिल्लो पटक त १५ चैतमा पत्रकार मारिएका छन् अनि श्रृखलाबद्ध रुपमा मिडिया हाउसमाथि आक्रमण भएका छन् ।
यो नियत नै हो । पत्रकार र संचारगृहमाथि आक्रमणका लागि योजना बनेको थियो र फेरिपनि यस्तै कुरै आन्दोलन भएको खण्डमा नेपाली मिडियामाथि आक्रमण हुने निश्चित छ । मिडिया क्षेत्रमाट कमीकमजोरी भएका होलान् यो सच्चाउनका लागि पत्रकारहरु तयार छन् तर यो वा त्यो बाहनामा संचार जगत र संचारकर्मीमाथिको आक्रमण अत्यन्तै आपत्तिको कुरा हो ।

















