राजन कुमार बानिया
पोखरिया,पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता सम्पन्न भएको छ ।
‘स्वास्थ्यको लागि खेल’ भन्ने नाराका साथ सुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको माध्यमिक विद्यालय झौवाँगुठीको प्राङ्गणमा एक कार्यक्रमबीच बुधवार सम्पन्न भएको हो ।

प्रमुख अथिति गाउँपालिका अध्यक्ष तिवारीले विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत भएको पनि उहाँले बताउनुभयो । खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उहाँले प्रसँसा गर्नुभयो । खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडी विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।माघ १९ देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका थिए ।

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा भएको विद्यालय स्तरीय प्रतियोगितामा तीन इभेन्टमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । म्युजिकल चेयर खेलमा १४ वटा विद्यालय सहभागी थिए भने सर्ट फुटमा ५ र ज्याब्लिङ थ्रोमा ५ विद्यालयका छात्रछात्रा सहभागी बनेका थिए ।प्रतियोगितामा श्री रा.रा.चौ. मावि प्रथम भएको छ भने श्री रा.रा. चौ. दोश्रो र मसरुर आधारभूत विद्यालय तेश्रो भएको छ ।तेस्तै प्रावितर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम भएको छ भने भगवती नेरा प्रावि दोश्रो र रा रा चौ मावि तेश्रो भएकाछन ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी, सशस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल, गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गर्नुभएको थियो ।

Leave a Reply