पुष्पराज खतिवडा

मनहर्वा,बारा जिल्लाका विभिन्न स्थानमा सोमबार ६६औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा र निजगढ नगरपालिकाको आयोजनामा निजगढमा प्रभातफेरि सहित विभिन्न कार्यक्रम गरेर सहकारी दिवस मनाइएको हो ।गाउँगाउँमा सहकारी घरघरमा रोजगारी, सहकारीको दिगोपन स्वनियम र सुशासन, सहकारी एक सेवा अनेक भन्ने विभिन्न सहकारी नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित निस्किएको प्रभातफेरि जीतपुरस्थित गौशाला मैदानमा सभामा परिणत भएको थियो ।उपमहानगरपालिका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष अशोक जैसवाल, साना किसान कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष मिश्रीलाल सहनी, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुर, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्दबहादुर क्षेत्री, नगर सहकारी संजालकी अध्यक्ष अनिता लम्साल अधिकारी लगायतले बोल्नुभएको थियो ।सो अवसरमा नगरमा नियमित मासिक प्रतिवेदन पुर्याउने जनकल्याण बचत तथा ऋण सहिकारी संस्था सिमरा, सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र होटल तथा पर्यटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा नं.२१ का अध्यक्ष सुभाष श्रेष्ठको स्वागत र सहकारी शाखा प्रमुख सुधन चौधरीको संचालनमा सम्पन्न भएको हो ।र्यक्रममा नगर क्षेत्रका अधिकांश सहकारी संस्थाका संचालक र कर्मचारीहरुको सहभागिता थियो । नगरमा ९२ वटा सहकारी संस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।नेपालमा पहिलो पटक २०१३ साल चैत्र २० गतेका दिन चितवनमा बखान सहकारी संस्था स्थापना भएको थियो । सोही दिनको सम्झनामा रहेक वर्ष चैत्र २० गतेका दिन राष्ट्रिय सहकरी दिवस मनाउने गरिदैआएको हो ।त्यसैगरी ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयले सोमवार निजगढमा प्रभावफेरि र विचार गोष्ठिको आयोजना गरेको छ ।निजगढ नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरि पूर्वपश्चिम राजमार्ग हुदै बुद्धचोकमा पुगेर विचार गोष्ठीमा परिणत भएको थियो । कार्यक्रममा बोल्दै निजगढ नगरप्रमुख सुरथ पुरीले सहकारी क्षेत्र देशको तिनखम्बे अर्थतन्त्र नीतिको एउटा खम्बा भएको बताउनुभयो । उहाँले सहकारी क्षेत्रको विकासकोलागि सहयोग गर्न नगरपालिका सधै तत्पर रहेको पनि बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, विभिन्न वडाका वडा अध्यक्षहरु नगरपालिकाका सहकारी शाखा अधिकृत अजय उप्रेती, सूचना अधिकारी रविन घिमिरे, निजगढ सहकारी सञ्जालका अध्यक्ष भोलाप्रसाद गौतम, मानव कल्याण आश्रमकी सुमित्रा चौलागाई.लगायतले सहकारी आन्दोलनको बारेमा बोल्नुभएको थियो ।कार्यक्रमको संचालन कार्यालयका स्वास्थ्य शाखा उपप्रमुख मणिश्वर घिमिरेले गर्नुभएको थियो । नगरपालिकाले सहकारीको दिगोपन, स्वनियम र सुशासन भन्ने मुल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।यसैबीच जिल्ला सहकारी संघ बाराको अगुवाइमा जिल्ला सदरमुकाम कलैयामा समेत प्रभातफेरी गरी राष्ट्रिय सहकारी दिवस मनाइएको जिल्ला संघकी कोषाध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । जिल्ला सहकारी संघको कार्यालयबाट निस्किएको सहकारीकर्मीहरुको र्याली भरतचोक पुगेर समापन भएको उहाँले बताउनुभयो ।त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा रहेको घंन्टिमाई बचत तथा ऋण सहकारी संस्थाले ६६औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।स्थाले आफनै भवनको सभाहलमा सहकारी दिवस मनाएको हो । कार्यक्रममा वडा अध्यक्ष भोजबहादुु खत्री, सानाकिसान लघुवित्त ईलाका प्रमुख कृष्णकुमारी शर्मा, लघुवित्त सहकारीका प्रकास पाण्डे, संस्थाका थानेश्वर उपाध्यय, भुवन खडका, श्याम भट्ट, बालकृष्ण ढकाल, प्रबन्धक नबिन खडका लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कोपिला सिमखडाले गुर्नभएको थियो ।संस्थाले आफ्नो समुहका सदस्यहरुलाई वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञानको प्रशिक्षण समेत प्रदान गरेको प्रशिक्षक अस्मीता शर्माले जानकारी दिनुभयो ।

Leave a Reply