बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक अवस्था दयानीय भएको भन्दै स्थानीय युवाहरुले सुधारको मागसहित विद्यालयका प्रधानाध्यापकलाई बिहीबार ध्यान आर्कषण पत्र बुझाएका छन ।

स्थानीय युवाहरुको अगुवाइमा बुझाइएको पत्रमा विद्यालय हाताभित्र राजनीतिक दलको कार्यक्रम हुने गरेको र विद्यालय परिशरको सरसफाइमा ध्यान नदिदा प्रदुषणसमेत बढेको भन्दै प्रधानाध्यापक गणेश पौडेललाई ध्यानार्कषण पत्र बुझाइएको अगुवा युवा बिनोद सापकोटाले बताउनुभयो ।

विद्यालयमा देखिएका कमिकमजोरीलाई सुधार गरेर विद्यालयमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न पत्रमा माग गरिएको छ । साथै युवाहरुले विद्यालयले संचालन गर्ने क्रियाकलापबारे सार्वजनिक सुनुवाइ गराउन पनि माग गरेका छन । विद्यालयका प्रधानाध्यापक पौडेलले भने युवाहरुको सुझावप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको अवस्था क्रमिक रुपमा सुधार गरिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here