सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अर्को एउटा नयाँ ओभरहेड ट्याँकी निर्माण गर्नेभएको छ ।सिमरा खानेपानीको पाँचौ ओभरहेड ट्याँकी निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरगञ्जले शुक्रवार टेण्डर आह्वान गरेको हो । पाँचौ ओभरहेड ट्याँकी सिमरास्थित कार्यालय परिसरमै निर्माण गरिन लागेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनले जानकारी दिनुभयो ।

नयाँ ट्याँकी निर्माण पश्चात दुई लाख २५ हजार लिटर क्षमताको उक्त पुरानो ट्याँकीलाई अत्यावश्यक प्रयोजनका लागि रिजर्भमा राखिनेछ भने नयाँ बन्ने ४ लाख ५० लिटर क्षमताको ट्याँकीबाट नियमित खानेपानी वितरण हुने जनाइएको छ ।
गत असोज ५ गते सम्पन्न सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २२औं वार्षिक साधारण सभाको उद्घाटन गर्न सिमरा आउनुभएका खानेपानी मन्त्री प्रदिप यादवले सिमरामा खानेपानी वितरण र पूर्वाधारको अवस्था बारेमा चासो राख्नुभएको थियो ।

Leave a Reply