राजन कुमार बानिया
पोखरिया – पर्साबासीहरुलाई सदरमुकाम बिरगंजसंग जोडिने तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जेभिको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन नसकेको पर्सावासीले आरोप लगाएका छन् ।
मनसुनशुरु हुन अब २० दिन बाकी रह्दा ड्राभरसनको बाटो नै संचालनमा रहेको र ध्यान नदिए मनसुनको भन्दा पहिले तिलावे पुल पुर्णरुपमा संचालन हुन नदेखिएको छ । मनसुन शुरु भएसंगै डाईभर्सनको बांध बगेर बाटो पुर्णरुपमा ठप्प हुने पक्का पकी रुपमा देखिएकोले यसलाई बेलैमा समस्या समधान गर्न नसके पर्साबासीको भविष्य अन्धकारमय हुने दिखिएको छ ।
ग्रामीण क्षेत्रहरुबाट दिन्हु हजारौंको संख्यामा मजदुरी गर्न सदरमुकाम बिरगंज लगायतका क्षेत्रहरुमा जानेगर्छ तर ठेकदारले तिलावे पुललाई साईड बेड तोडफोड गरि अलपत्र बनाई कछुवाको चाल जस्तो काम गरिरहेकोले ड्राईभर्सनकोबाटाा भएर पर्साबासी जानेगरिरहेको देखिएको छ । अहिले मनशुन शुरु हुने बेला आएकोले ड्राईभर्सनको बाटो बन्द भएपछी पर्साबासीको सदरमुकाम बिरगंज आवतजाव थप हुने जनाएका छन् ।
ठेक्दारले तिलावे पुलमा कछुवाको चालमा काम गरिरहेकोले पर्साबासीहरुको भविष्यसंग खेलवाड गरिरहेको छ । कालो सुचिमा समेत परेका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जेभिले सम्झौता भएको ४ बर्ष बिति सक्दापनी पूलको कार्य सम्पन्न नहुनु बिडम्बनाको बिषय बनेको हो ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय बिरगंज र ठेकेदार कम्पनी पप्पू लुम्बिनी जेभिको बिच ४ बर्ष अगाडी पूल निर्माण गर्ने सहमती भएपनी ठेकेदार कम्पनी लोप भएका थिए । तर असार मसान्तमा रकम निकासाको लागि देखावटी रूपमा पूलको कार्य सुचारू गरिएको आम सर्वसाधारण बताउछन् । ठेकेदार कम्पनी पप्पू लुम्बिनी जेभिका प्रमुख सुमित रौनियारले आफ्नो दबङ्ग पाराले हुलाकी राजमार्गको निर्देशन विपरीत कार्य गरिरहेको पाइएको छ ।
आज भन्दा करीब ४ बर्ष अगाडी भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय बिमलेन्द्र निधीको पालामा तिलावे पूलको शिलान्यास भएपनी हालसम्म निर्माण गरि नसक्नु चलखेल नै रहेको बारे प्रष्ट पारिरहेको लालबाबु पटेल ले आरोप लगाए । पर्साको जनताको दु:ख, मर्म सम्झी मन्त्री निधिले उक्त पूलको शिलान्यास गर्ने बेला छिटो सम्झौता गरि पूलको कार्य अगाडी बढाउने र २ बर्ष भित्र कार्य सम्पन्न हुने बताएका थिए ।
तर राजनीति चापले गर्दा पूलको कार्य अलपत्र मै रहेको दुखेसो पटेल ले गरेका छन् । हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजले दिएको एप्रूभ डिजाइन अनुसार कार्य नभएको बताइएको छ । यस बिषयमा हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजका योजना प्रमुख दीपेन्द्र पान्डेयले तिलावे पूलको निर्माणको निम्ति ठेक्का लिएका पप्पू लुम्बिनी जेभिले एप्रूभ डिजाइन अनुसार कार्य नै नगरेको स्विकार्नु भयो । उहाले पूलको कुनैपनि कार्य सम्पन्न नगरेकोले हालको समयमा भुक्तानी दिन नसकिने बताउनु भयो ।
हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजको एप्रूभ डिजाइन विपरीत कार्य गरिरहेकोले आफूहरू कुनै किसिमको भुक्तानी दिन नसक्ने स्थितिमा रहेको बताउनु भयो । अहिले तिलावे पुल को साईडमा ठेक्दारले टोडफोड गरेर छोडेकोले मनसुन शुरु हुनै बितिकै ड्राईभर्सन बन्द भएपछी पर्साबासी लाई सास्तीहुने जनाएका छन। यस्ता ठेक्दार पर्साबासी को,भविष्य संग खेलवाड गर्नेलाई कार्वाही गर्नु पर्यो।