काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply