कृष्ण मोहन साह
सेढवा,न्यूजील्याण्ड– नेपाली संघ (एनजेडएनए) न्युजील्याण्डको आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश –२ पर्साको आयोजनामा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर– ५ सखुवनिया गाउँका मुसहर समुदायका ५९ घरपरिवार लागि सोमबार राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
विगत लामो समयदेखि कोभिड– १९ बाट जोगिनको लागि विभिन्न राष्ट्रसंगै नेपालमा पनि जारी गरिएको निषेधाज्ञाका कारण प्रभावित दलित समुदायका सर्वसाधारणलाई राहतमा खाद्यान्न वितरण गरिएको हो ।
निषेधाज्ञाका कारण दैनिक ज्यादारी गरेर जीविकोर्जन गर्दै आएका दलित समुदाय सबैभन्दा बढी प्रभावित बनेका छन । केही दिनयता देशका विभिन्न स्थानमा लकडाउन केही खुकुलो बनाइएको भएपनि मजदुरहरुको रोजगारीको भरपर्दो अवस्था सृजना हुन भने अझै सकेको छैन । ग्रामीण भेगका गरिब र विपन्न दलित समुदायका सर्वसाधारणलाई दुई छाक हातमुख जोर्न समस्या भएको भइरहेको छ । लकडाउनमा प्रभावित दलित, गरीब तथा अति विपन्न परिवारमा खाद्यान्नको समस्या रहेकोेले उनीहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिनुभयो ।
पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा न्यूजील्याण्ड नेपाली संघ (एनजेडएनए) को आर्थिक सहयोग र प्रदेश –२ ले पर्सा जिल्लाका अति प्रभावित दलित समुदायको गाउँगाउँहरुमा खाद्यान्न राहत सहयोगको योजना अनुसार वितरण कार्य सुरु गरिएको छ । संस्थाको सहयोगमा ८६ घर परिवारलाई खाद्यान्न राहत सहयोग गर्ने योजना रहेको छ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा–५ गाउँका अतिविपन्न मुसहर दलित समुदायको ५९ घरधुरी परिवारलाई खाद्यान्नसहयोग गरिएको छ । राहतमा २० केजी चामल, १ केजी नुन र डेढ केजी दाल र मास्क वितरण गरिएको हो ।
दलित अगुवा कार्यकर्ता खेदनी देवी मुसहरको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा विशेष अतिथि रामाकान्त चौधरी, अतिथि पिसफोर दलितस फाउन्डेसन नेपालका उपाध्यक्ष चन्द्रकिशोर राम, पिसफोर दलितस फाउन्डेसन नेपालका सदस्य सुरेन्द्र पासवान, सन्जोग राम, दलित अगुवा लहवर राम र दलित जनप्रतिनिधि तथा स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यहरुको सहभागिता रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले गर्नुभएको थियो ।