जीतपुर,सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड जीतपुरको १६औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सहकारीले बार्षिकोत्सवको अवसरमा स्थापनादेखि हालसम्म संस्थाको विकासको लागि महत्वपूर्ण योगदान पु¥याउने जेष्ठ नागरिकलगायतका सदस्यहरुलाई सम्मानसहित साधारण सभा सम्पन्न गरेको हो ।साधारण सभा उद्घाटन कार्यक्रममा जेष्ठ नागरिकसहित असल बचतकर्ता, उत्कृष्ट बचत समूह, असल ऋणीहरुलाई पनि सम्मान गरिएको छ । सहकारी संस्थाले संस्थाका १० जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट ऋण कारोबार गर्नेलाई सम्मान गरेको हो । त्यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारबाट द्रोपतीदेवी चौधरी सम्मानित हुनुभएको छ ।संस्थाकी अध्यक्ष सावित्री देवी पिप्लेको अध्यक्षता तथा बारा क्षेत्र नम्बर ४ ‘१’ का मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहितले पेस गरेको विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको छ । संस्थाले ५१ लाख १९ हजार ७ सय ६९ बराबरको नाफा गरेको छ ।संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य चौधरी, राष्ट्रिय सहकारी बैंक सिमरा शाखा प्रमुख सुरेश लागे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरी लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन संस्थाका व्यवस्थापन शम्भु रामले गर्नुभएको थियो ।साधारण सभामा संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरी, नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, वडा नम्बर ६ की वडा सदस्य बुद्धकुमारी अधिकारी, प्रेस चौतारी नेपाल मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply