धिरेन्द्र तिवारी

कलैया,कलैया उपमहानगरपालिका वडा नं. ६ अवस्थित कलैया प्रादेशिक अस्पतालमा आर्थिक हिनामिना भएको छ ।केही हाप्ताअघि कलैया प्रादेशिक अस्पतालको क्यास काउन्टरमा कार्यरत अजय प्रजापतिले विगत ४ वर्षदेखि प्रादेशिक अस्पतालको १४ लाख ७२ हजार रुपैयाँ हिनामिना गरि आफ्नो व्यक्तिगत काममा खर्च गर्दै आएको रहस्य बाहिरिएको हो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाराले प्रजापतिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।अनुसन्धानको क्रममा प्रजापतिले कलैया अस्पतालको १४ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको देखिएपछि प्रमुख जिल्ला अधिकारी सापकोटाको निर्देशनमा प्रजापतिलाई थुनामा पठाएर हिनामिना भएको रकम कलैया अस्पतालको खाता जाम्मा गर्न लगाइएको थियो । साथै प्रजापतिलाई क्यासकाउन्टरबाट हटाउन प्रजिअ सापकोटाले कलैया प्रादेशिक अस्पतालका मेसु बिकास साह र कलैया प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईलाई निर्देशन समेत दिनुभएको थियो । तर हालसम्म प्रजापतिले कलैया प्रादेशिक अस्पतालमा क्यासकाउन्टरको प्रमुखको रूपमा काम गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । मेसु साहले भने प्रजापतिलाई अस्पतालको प्रशासनबाट पत्राचार गरेर काउन्टरबाट हाटाई बिमा फाँटमा खटाएको जानकारी दिनुभएको छ ।

Leave a Reply