वीरगंज ३२ जेष्ठ ।जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालमा आयोजनामा भएको आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् ।विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो । शिविरमा वीरगञ्जस्थित किरण आँखा अस्पताल प्रा.लि.का दृष्टि विषेशज्ञ ज्योति साह नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो ।पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आँखा परीक्षण गरेर शिविरको प्रारम्भ गर्नुभएको थियो । शिविरमा ५५ जनाले आँखा परीक्षण गराएको किरण आँखा अस्पतालका प्राविधिक सहयोगी कबिता पोखरेलले बताउनुभयो ।शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साह, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकीय अधिकृत बिनय श्रीवास्तव, रेखाकुमारी, बालगोध ठाकुर, जिल्ला प्रशासन कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक कमलेश पुरी, तुलसी भण्डारी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए ।आँखा अस्पतालका विशेषज्ञ प्रभात पासवास, सोनी चौधरी, रामबाबु चौरसिया र राजकुमार भण्डारीको सहभागीता रहेको सो शिवीरमा र आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको र समस्या देखिएकाहरुलाई विशेष छुटका साथ किरण आँखा अस्पतालमा चेकजाँच गरिने अस्पतालका प्राविधिक सहयोगी पोखरेलले बताउनुभयो ।

Leave a Reply