नेपालका राजनीतिक दलहरु फरियावादमा नराम्रोसंग फसेको आरोप लाग्ने गरेको छ र यसको पुष्टी स्वयम् राजनीतिक दलहरुले नै गर्ने गरेका छन् । हालै बारामा नेपाली काँग्रेस र माओवादीले गरेको निर्णयलाई हेर्ने हो भनेपनि यो कुराको पुष्टी हुन्छ । बारामा काँग्रेसले एकैघरका तीनजनाको नाउँ आगामी मंसिर ४ गते हुने चुनावका लागि सिफारिस गरेको छ । त्यसो त माओवादीबाट श्रीमान श्रीमतीको नाउ सिफारिस गरेको छ ।

राजनीतिक रुपमा उनीहरुको योगदान पार्टीमा होला । त्यसको नजरअंदाज गर्न खोजिएको होइन तर पार्टीमा उनीहरु बाहेकका मान्छे पनि नभएका नहोलान् नि त ? यो बिषयमा भने बहस खासै भएको देखिदैन । परिवारको कोही ब्यक्ति नेतृत्व तहमा गयो कि आफ्नो परिवारका सदस्यहरुलाई अगाडि बढाउने चलन हिजोबाट नै नेपालमा चलेको हो ।

गिरिजा प्रसाद कोइराला छउन्जेल सुजाता कोइरालाको अवस्था अनि अहिले उनको अवस्थाको सहज रुपमा अनुमान लगाउन सकिन्छ । अहिले प्रचण्डका छोरी बुहारी छन् । प्रचण्डको अवसानपछि उनीहरुको अवस्था नै सुजाताकै हुने हो यसमा दुईमत छैन । त्यसैले जिल्लाका नेताहरुले पनि आफन्त र परिवारमा पार्टीलाई राखेको खण्डमा भोलि राजनीतिक दलप्रतिको बितृष्णा भनै बढेको जाने निश्चित छ ।

Leave a Reply