धिरेन्द्र तिवारी
कलैया,कलैया प्रादेशिक अस्पतालमा बुधवार मदन भण्डारीको ३०औ स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउडेसन बाराले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।सो अवसरमा फाउण्डेसनका केन्द्रीय सदस्य राजमम्द रायको अध्यक्षतामा अस्पताल परिसरमा विभिन्न जातका ५० वटा बिरुवाहरु रोपिएको थियो ।वृक्षारोपण कार्यक्रममन प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अचुत मैनाली, नेकपा एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज बलवीर चौधरी, नेकपा सो पार्टीका जिल्ला सचिव अध्यानन्द पाण्डे, जिल्ला सदस्य शर्मा बैठा, रुस्तम आन्सारी, प्रभु साह, पुरुषोतम साह, लुकमान आन्सारी र प्रादेशिक अस्पताल कलैयाका मेसु बिकास साह तथा चिकित्सकहरु प्रदीप यादव, अनिल चौरसियालगायतको उपस्थिति रहेकोे थियो ।

















